दार्चुला । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरेको छ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्यहरूमा डा. आरपी बिच्छा, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया