दार्चुला । दार्चुला र धारचुलास्थित नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय झोलुङ्गे पुलमा चेकजाँचको क्रममा एक नेपाली युवकलाई भारतीय एसएसबीले २२ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ । भारतको धारचुलाबाट नेपाल आउने क्रममा एसएसबीले चेकजाँचको क्रममा ती युवकबाट सो रकम बरामद गरेको हो ।
पक्राउ परेका युवक बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रकाशसिह धामी रहेको बताइएको छ । यद्यपि युवकले अहिलेसम्म आफ्नो सहि पहिचान नबताएको भारतीय पत्रिका अमर उजालामा उल्लेख छ । ती युवकले एउटा बाकसमा रुपैयाँ राखेको बताइएको छ ।
बिहानै दार्चुला छिर्ने प्रयासमा रहेका युवकलाई चेकजाँच गर्दा भारतीय ठूलो रकम ुहित पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया