दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको साँचो हस्तान्तरण गरिएको छ ।

एलबी एण्ड एबी बिल्डरस प्रालीले निर्माणको जिम्मा पाएको प्रशासकीय भवनको निर्माण कार्य केहि समय अगाडी नै सकिएको र शुक्रबार (आज) एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवर, निमित्त प्रशासकीय अधिकृत चन्द्र सिंह कँुवर, पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा उपाध्यक्ष कुँवरलाई निर्माण व्यवसायी लाल बहादुर बमले भवनको साचो हस्तान्तरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुँवरले जानकारी दिनुभयो ।

१० करोड ६९ लाख ८१ हजार बजेटमा २०७७ जेठ १३ गते निर्माण कम्पनी एलबी एण्ड एबी बिल्डरस प्राली संग ठेक्का सम्झौता गरिएको भवनको निर्माणकार्य सम्पन्न भइ असार अन्तिमबाट गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाटै सेवा प्रवाह गरिरहेको छ ।

गाउँपालिकाको नवनिर्मित भवनको औपचारीक उद्दघाटन भने असोजमा मात्रै गरिने गाउँपालिकाले जनाएको छ ।

May be an image of 10 people

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?