रिङनतालबाट महाकालीमा हाम फालेर दार्चुलाकि एक महिला बेपत्ता

दार्चुला । दार्चुलामा महाकाली नदिमा हाम फालेर एक महिला बेपत्ता भएकि छन् । सदरमुकाम खंलगा स्थित रिङनतालबाट साढे ६ बजे महाकाली नदिमा हाम फालेर अन्दाजी १७–१८ वर्षिया किशोरीले महाकालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार दुहुँ गाउँपालिका ४ बस्ने धनिसा कुवँर रहेको बुझिएको छ । यद्धपी थप पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।

महाकालीमा पानीको बहाव बढि रहेकाले खोजी गर्न अप्ठयारो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एंव प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताउनुभयो ।

प्रहरीले अहिले खोजी कार्य गरिरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको बताएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?