ब्रेन ट्युमरसंग हस्पिटलमा लडदै, शैल्यशिखरकि जानकी, आर्थिक सहयोगको लागि अपिल

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ दोबाटा बस्नुहुने (काशीपुर आधारभुत विद्यालय दोबाटामा कार्यरत प्रधानाध्यापक) ३४ वर्षिया जानकी धामी खत्रीलाई ब्रेन ट्युमरको जटिल समस्या भई भारतको निलकण्ठ हस्पिटल हल्दुवानीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

 

गत वर्ष पनी ब्रेन ट्युमरको समस्या भइ शल्यकृया गरेकि जानकीलाई पुनः समस्या देखिएर अझै शल्यकृया गर्नुपर्ने डाक्टरको सुझाव छ । उपचारमा करिब १० लाख खर्च हुने उहाका श्रीमान मोहन सिंह खत्रीले बताउनुभएको छ ।

 

गत वर्ष पनी शल्यकृया गर्दा १० लाख रुपैयाँ खर्च भएको र अहिले दैनिक ५० हजार रुपैयाँ खर्च भइरहेको तथा लगत्तै पुनः शल्यकृया गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको छ । देश तथा बिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनहुन उहाले अपिल गर्नुभएको छ ।

 

सहयोगको लागि कुमारी बैंकमा रहेको गोबिन्द सिंह खत्रीको ०२८००१६५९४४००००१ तथा भारतको लागि करन सिंह धामीको बैंक अफ बडौदामा रहेको खाता नम्बर ४७०४०१०००१०९०५ तथा क्युआर कोडमा स्क्यान गरेर समेत सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?