पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई बुझायो ८ बुँदे ज्ञापनपत्र (मागसहित)

दार्चुला । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एबं पूर्व मन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वमा दार्चुलाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलेली जनताको तर्फबाट बधाई दिदै जिल्लाका महत्वपूर्ण विकास निर्माणका कामहरुलाई सञ्चालन गर्न तथा गति दिन मातहतका निकायहरुलाई निर्देशन गरिदिन माग गर्दै ८ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

दार्चुलाको महाकाली करिडोर अन्र्तरगत दार्चुला टिकंर सडकखण्डको तुसरपानी–टिंकर सडकमा न्यूनतम ४० करोड बजेट बिनियोजन गरिदिन तथा छुट्टै आयोजनाका रुपमा पे्रम सिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गर्न माग गरिएको छ । यस्तै टिंकर नाकाबाट स्थानीय बासिहरु ताक्लाकोट प्रवेश गरेर पनी व्यवसाय सञ्चालन गर्न नपाएकोले राजदुतावासमार्फत कुटनीतिक पहल गरिदिन अनुरोध गरिएको छ । मार्माको मर्मती गन्याड बस्तीमा पहिरोले क्षती पुर्याएकाले राहात तथा पुनःस्थापना गर्नुपर्ने, गोकुलेश्वर एयरपोर्टको लागि बजेट विनियोजन गरि आवश्यक पुर्वाधार निर्माणको ठेक्का सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

भारत सरकारबाट सहमती नआएकाले ब्याँस गाउँपालिका–२ दुम्लिङ र वडा नम्बर १ को सितापुलमा पक्की पुल निर्माणको लागि पहल गर्नुपर्ने, अपिहिमालको खण्डेश्वरी–घुषालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न अपि बेस क्याम्प क्षेत्रमा पर्यटकिय कार्यक्रम सञ्चालन गर्न, राष्ट्रकै सातौं धामका रुपमा रहेको मालिकार्जुनलाई विगतमा धार्मिक पर्यटकीय गन्तव्यमा समावेश भई क्रमागत रुपमा बजेट विनियोजन भएकोमा हाल स्थगित रहेकाले पुनः सञ्चालन गर्नुपर्ने र २०७० सालमा आएको बाढीले क्षतिग्रस्त विभिन्न स्थानमा तटबन्ध, नदी नियन्त्रण लगायतका कार्यक्रमहरु सञ्चालन गर्न माग सहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको नेताहरुले बताएका छन् ।

ज्ञापनपत्रमा उल्लेखित बुदाहरु हेर्नुहोस
मिति: २०८१/०४/१४

सम्माननीय प्रधानमन्त्री ज्यू,

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौं ।

विषय – ज्ञापन पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू “सुखि नेपाली र समृद्ध नेपाल” अभियानको नेतृत्व गर्न पुनः नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएकोमा दार्चुलाबासी जनसमुदायको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै दार्चुला जिल्लाको विकास र समृद्धिको लागि तपसिलका कार्यक्रमहरु सञ्चालनको लागि हार्दिक अनुरोध गर्दछौं ।

१) महाकाली कोरीडोर अन्तरगतको दार्चुला तिंकर खण्डको तुषारपानी-तिंकर खण्ड नेपाली सेना मार्फत निर्माण कार्य चलिर‌हेको छ । यो सडक अतिक्रमित भूमि सम्म पहुँच पुर्याउने साथै चीनको ताक्लाकोट व्यापारिक मंडि र कैलाश मानसरोवर जोड्ने अत्यन्त महत्वपूर्ण सडक हो । यो आ.व. मा यो खण्डमा अत्यन्त न्यून बजेट विनियोजन भई निर्माण कार्य सुस्त हुने भएकोले यो आ.व. मा न्यूनतम ४० करोड बजेट विनियोजन गरिदिन हुन र यसलाई छुट्टै आयोजनाको रुपमा प्रेम सिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गरिदिनहुन अनुरोध छ ।

२) तिंकर नाकाबाट स्थानीय बासिहरु ताक्लाकोट प्रवेश गरेका तर त्यहाँ व्यापार व्यवसाय गर्न र पसल खोल्न हाल सम्म पनि नपाएकोले परम्परागत रुपमा सञ्चालन गरेका पसलहरु सञ्चालनको लागि चिन सरकार र नेपाल स्थित चिनिँया राजदुताबासमा कुटनितिक पहलको लागि निवेदन गर्दछौ ।

३) हालै को अविरल वर्षाबाट दार्चुला जिल्लाका मार्मा गा.पा. को मर्मति, गन्याड (वा.नं. ४, ५) बस्तिहरु मा ठूलो क्षति भई विस्थापित भएका र अन्य ठाँउहरुमा पनि व्यापक क्षति भएकोले राहत तथा पुनर्स्थापनाको लागि अनुरोध गर्दछौं ।

४) दार्चुलाको गोकुलेश्वर एयरपोर्ट आ.व. २०७८/७९ सालमा बहुबर्षिय ठेक्का स्विकृत भई काम सञ्चालन भईरहेकोमा यस आ.व. मा यथोचित विनियोजन गरि धावन मार्ग कालोपत्रे लगायत अन्य आवश्यक पूर्वाधार निर्माणको ठेक्का सञ्चालनको व्यवस्था मिलाई दिन निवेदन गर्दछौं ।

५) सम्माननीय प्रधानमन्त्री ज्यू कै अठोट अनुसार तुईन/ ट्युब उन्मुलन कार्यक्रम अन्तर्गत दार्चुला जिल्लाको महाकाली नदिमा लालि, बाँकु, बडुगाँउ, तिग्रम, मलघट्टे, माल मा झोलुङ्गे पुल निर्माण भई सञ्चालन भईरहेका छन् । साथै महाकाली नगरपालिकाको वा.नं. ८ सुरकाँडामा पक्कि पुल निर्माण भईरहेको छ । यस सन्दर्भमा ब्याँस गा.पा. को वा.नं. २ दुम्लिङमा झोलुङ्गे पुल विगत मै माग भएको तर भारत सरकारबाट सहमति नआएकोले ब्याँस गाँउपालिका वा.नं. २ दुम्लिङमा झोलुङ्गे पुल निर्माण (महाकाली नदिमा) को लागि र ब्याँस गा.पा. वा.नं. १ सितापुलमा पक्कि पुलको लागि भारत सरकार समक्ष पहलकालागि निवेदन गर्दछौं ।

६) अपिहिमाल गा.पा. को खण्डेश्वरी, घुषालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र अपि बेस क्याम्प क्षेत्रमा पर्यटकीय कार्यक्रम सञ्चालनको लागि निवेदन गर्दछौं ।

७) राष्ट्र कै सातौं धाम मालिकार्जुनलाई विगतमा राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यमा समावेश भै क्रमागत रुपमा बजेट विनियोजन भएको थियो हाल सो कार्यक्रम स्थगित भएकोमा पुनः सञ्चालनको लागि अनुरोध गर्दछौं ।

८) ०७० साल मा महाकाली नदीमा आएको वाढीले क्षतिग्रस्त भू-भाग मध्ये महाकाली नगरपालिका वा.नं. १ को कलौन, श्रीबगर लगायत जिल्लाका विभिन्न ठाँउहरुमा तटबन्ध नदि नियन्त्रण कार्य बाँकि रहेकोले ति ठाँउहरुमा बाँकि रहेको नदि नियन्त्रण कार्य पुरा गर्न आवश्यक श्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई निर्देशन गरिदिनहुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?