दार्चुलाको मकरीगाड खोलामा बगेर एक जना बेपत्ता

दार्चुला । दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता भएका छन्। जिल्लाको अपिहिमाल गाउँपालिका–३ का करिब ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो ।

आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ जाँदै गर्दा उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?