दार्चुला । दार्चुलामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ। जिल्लाको नौगाड गाउँपालिका–२ की ६१ वर्षीया देउमती ठगुन्ना घाइते हुनुभएको हो ।
उहाँलाई जंगलमा घाँस काट्ने क्रममा दिउँसो १२ बजेतिर सर्पले डसेर घाइते बनाएको हो । घाइते ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया