दार्चुला । दार्चुलामा जुवा खेलिरहेका अवस्थामा प्रहरीले नगद १ लाख २४ हजार ८४० रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो महाकाली–४ तिंकरखेडा पिपलबोटको बडाल फास्टफुड सेन्टरमा जुवा खेलिरहेका ६ जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एंव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा दुहुँ गाउँपालिका वडा नम्बर २ का जनक बडाल,नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे, महाकाली नगरपालिका वडा नम्बर १ का मोहन महरा मालिकार्जुन गाउँपालिकाका निरज धामी दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की र नौगाड गाउँपालिका वडा ४ का कृष्ण सिह धामी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सुचनाको आधारमा छापा हान्दा उनीहरु पक्राउ परेको बताएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया