दुर्गादत्त मिश्र दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकाको सम्रग विकासको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई नौँ बुदे ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई तिंकर सडक–खण्डमा अपेक्षाकृत रुपमा बजेट विनियोजन नहुदा निर्माण कार्यले गति लिन नसकेको हुदा बजेट विनियोजित गरि सडक ब्यवस्थापनमा सहजता गरिदिन संघिय सरकारबाट ब्याँसमा बिशेष बजेटको व्यवस्थापन गरिदिन माग सहित ज्ञापनपत्र बुझाइएको छ ।
तुसरपानी बस्ती पहिरोको उच्च जोखिममा रहेकाले आवश्यक बजेट तथा पहल गरिदिन नेपाल टेलिकमको रिपिटर टावरको व्यवस्थापन गरिदिन माग सहित ज्ञापन पत्र बुझाइएको ब्याँस गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम खंलगाबाट ब्याँस पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने दुम्लिङग र धौलाकोटमा तुइन विस्तापन गर्नुपर्ने शाखा सडकहरु निर्माण एंव मर्मत गर्नुपर्ने ब्याँस–६ मा निर्माणधिन १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनुपर्ने पालिकाभरी शिक्षा तथा स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न विद्यालयहरुमा भवन निर्माण तथा छात्रवास र स्वास्थ्य इकाइ केन्द्रहरु निर्माणको लागि बजेट बिनियोजन गरिदिनुपर्ने माग सहित नौँ बुदे ज्ञापन पत्र बुझाइएको प्रवक्ता धामीले बताउनुभयो ।
ब्याँस गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको ज्ञापनपत्र हेर्नुहोस ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




