दार्चुला । दार्चुलामा क्रियाशील प्रमुख राजनीतिक दलका शिर्ष नेतासहितको टोलीले जिल्लाका महत्तपूर्ण समस्या समाधान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एबं कांग्रेश नेता दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री एबं एमाले पोलिटब्युरो सदस्य, दार्चुलाका इन्चार्ज गणेश सिंह ठगुन्ना, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, माओबादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, एमाले केन्द्रीय सदस्य हरदेब जोशी, मार्मा गाउँपालिका उपाध्यक्ष सर्मिला सिंह, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य जगतसिंह धामी लगायत जनप्रतिनिधि र नेताहरुले बजेट अभावमा लक्ष्य अनुसार प्रगति नभइरहेको टिंकर सडक, मार्मामा बाढी पहिरोले पुर्याएको क्षति लगायत समस्या समाधानका लागि अनुरोध गरेका हुन् ।
महाकाली करिडोर अन्तर्गतको दार्चुला तिंकर सडक खण्डको तुषारपानी कोठेधार–तिंकर सडक खण्डलाई छुट्टै परियोजना बनाई यो आर्थिक वर्षमा यो खण्डमा अत्यन्त न्युन बजेट बिनियोजन भैई निर्माण कार्य सुस्त भएकाले चालु आर्थिक वर्षमा न्युनतम ४० करोड बजेट बिनियोजन गरिदिन र अबिरल बर्षाबाट दार्चुलाको मार्मा गाउँपालिकाको मर्मती, गन्याडी (वडा नम्बर ४-५) बस्तिहरुमा ठुलो क्षति भई बिस्थापित भएका र अन्य ठाउँहरुमा पनि क्षति भएका घरधुरिहरुलाई राहत तथा पुनस्थार्पनाको ब्यबस्थाकालागि र धनथलामा मोटरेबल पुल निर्माणका लागि प्रधानमन्त्री ओलीसंग माग गरिएको टोलीमा सहभागि अनेरास्ववियुका नेता राजेश सिंह बिष्टले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया