दार्चुला सहित सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै

दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदैछ। काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदुरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक रुपमा मनाउने चलन परापुर्व कालदेखि चलिआएको स्थानीय सस्कृतिका जानकारहरु बताउछन ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा दार्चुला, बैतडी सहित सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।

ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ।
यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?