परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, ६ गते स्वदेश फर्कने

दार्चुला । परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

परराष्ट्र मन्त्री नियुक्त भएपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतले विदाइ गर्नुभयो । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत छन्।

मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको उहाँको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने समयतालिका छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?