दार्चुलाको विभिन्न ठाउँमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । आइतबार राती परेको वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ । लोकमार्ग अन्तरगत शैल्यशिखरको कठपते नक्तड, पनेबाज र मालिकार्जुनको ऐरिछाना, धामीगाडा लगायत स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँ जाने र आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।

आज बिहानदेखि डिभिजन सडक कार्यालय पाटनको जेसिबीले पहिरो पन्छाइरहेको बताइएको छ । ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन धेरै समय लाग्ने भएकोले पालिकाबाट समेत सडक पन्छाउने काम हुनुपर्ने स्थानीयको भनाई छ ।

बर्षाका कारण बाढी पहिरो आएर दार्चुलाका अधिकासं कच्चि सडकहरु बन्द अवस्थामा रहेका छन् । जिल्ला सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्गमा समेत बेलाबेला पहिरो खस्दा यात्रुहरुले सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?