अवकासप्राप्त जमदार जितेन्द्र गिरी एमालेमा सक्रिय

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ खरकडा भाडी बस्ने जितेन्द्र गिरी नेकपा (एमाले) को सक्रिय राजनीतिमा लाग्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य एबं दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना लगायत नेताहरुको उपस्थितिमा धनगढीमा एक कार्यक्रमको आयोजना गरी नेपाल आर्मीको प्राविधिक जमदार पदबाट अवकासप्राप्त जितेन्द्र गिरीलाई एमालेमा स्वागत गरिएको एमाले दार्चुला जिल्ला कमिटी सदस्य एबं लेकम गाउँपालिका वडा नम्बर ४ का इन्चार्ज मदनसिंह धामीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेता ठगुन्नासंगै एमाले प्रदेश कमिटी सदस्य प्रेमसिंह धामी, प्रदेश लेखा समिति अध्यक्ष राजेन्द्रसिंह सामन्त, जिल्ला कमिटी सहसचिव कमला बिष्ट (अनुजा), एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, एमाले लेकम गाउँकमिटी अध्यक्ष पुष्पराज जोशी, एमाले दार्चुलाका नेता इन्द्रसिंह बिष्ट, जिल्ला कमिटी सदस्य मदनसिंह धामी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

एमालेमा सक्रिय हुनुभएका गिरी कांग्रेश वडा सभापति खेमराज गिरीका छोरा रहेको उहाँले बताउनुभयो । एमालेको नेतृत्व र नीति मन पराएर एमालेमा प्रवेस गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?