दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्ति जारी गर्दै बाहुन पदमुक्त भएको जनाएका छन् ।
उनलाई बिहिवार (हिजो) पदमुक्त गरिएको हो। बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले बताउनुभयो ।
सङ्गठन र नेतृत्वलाई असफल बनाउने विविध क्रियाकलापहरू गरेका बाहुनलाई स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम बिहिवार (हिजो) बाटै प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्वाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया