दार्चुला । दार्चुलाको नाैगाड गाउँपालिका वडा नम्बर ४ जामाै र वडा नम्बर १ मा चट्याङ लागेर गत वर्ष करिब ५०० भेडाबाख्रा मरेका थिए । २०७९ भदौँ २४ गते राति चट्याङ परेर करिब पाँच सय भेडा बाख्राको ज्यान गएको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी शाखाले जनाएको छ ।
५०० भेडा बाख्राको मृत्युका कारण किसानले झण्डै ५० लाख बढीको क्षति व्यहोर्नुपरेको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख प्रकाश सिंह धामीले बताउनुभयो । किसानले ठूलो क्षति भएको भन्दै राहत माग गरेका थिए । आर्थिक बर्ष २०८१/०८२ सम्म आईपुग्दा पनि जिल्ला तह/प्रदेश तह/संघीय तह स्थित सम्बन्धि पशुपन्छी कार्यलयहरुले अहिले सम्म कुनै प्रकारको समन्वय/क्षतिपूर्ति/राहत ब्यबस्थापन नगरेको किसानको गुनासो छ ।
यति ठूलो क्षति हुदा समेत कुनै पनि निकाय/कार्यालयबाट राहत नपाउदा व्यावसायिक भेडापालक कृषकहरुलाई व्यावसायिक रुपमा भेडापालन गर्न भय/डर उत्पन्न भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया