दार्चुला । अखिल नेपाल महिला संघ दार्चुलाद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा अनेम संघले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
अनेम संघ दार्चुलाका अध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य गौरी बडालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य हिरा अवस्थी, जिल्ला कमिटी सचिव उमेशराज जोशी लगायत अनेम संघ र नेकपा (एमाले) को विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले तीजको अवसरमा शुभकामना मन्तव्य प्रस्तुत गर्नुका साथै नृत्य र डेउडा खेलेर रमाइलो गरेकाे अनेम संघ नेतृ एबं एमाले जिल्ला कमिटी उपसचिव कमला बिष्ट (अनुजा) ले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




