दार्चुलाको ठुल्सैनीमा सडकमा रुख खस्दा महाकाली लोकमार्ग तथा विद्युत सेवा अबरुद्ध

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ ठुल्सैनीमा सडक माथिबाट रुख खस्दा महाकाली लोकमार्ग तथा थालीगाड सवस्टेशनबाट प्रशारण हुने विद्युत लाईन अबरुद्ध भएको छ ।

सोमवार (आज) दिउँसो सडकमाथीबाट रुख खस्दा विद्युत तथा महाकाली लोकमार्ग अबरुद्ध भएको  इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी गराएको छ । उक्त क्षेत्रमा विजुलीका पोलहरु समेत खस्दा थालीगाड सवस्टेशनबाट प्रशारण हुने विद्युत सेवा समेत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो ।

सडकमा रुख खसेसंगै सडक समेत भासिएको र रुख हटाएपछि मात्रै विद्युत सेवा सूचारु गर्न सकिने उहाले बताउनुभयो । सडकमा रुख खस्दा जिल्लाका अधिकास स्थानमा विद्युत सेवा बन्द हुनुका साथै छोटो तथा लामो दुरीको लागि छुटेका सवारी साधनहरु ठुल्सैनीमै रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?