शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाको विदाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाको सोमबार (आज) विदाई तथा फेरी भेटौंला कार्यक्रम गरिएको छ । जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा समेत रहनुभएका बुढाको आइतबार (हिजो) जिल्ला समन्वय समितिको तर्फबाट विदाइ गरिएको थियो भने आज शैल्यशिखर नगरपालिकाले विदाई गरेको हो ।

अधिकृत बुढाको कञ्चनपुर जिल्ला समन्वय समितिमा सरुवा भएपछि सम्मानसहित विदाई गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव दत्त जोशीले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, उपप्रमुख शान्ती खडायत, वडा अध्यक्षहरु, कर्मचारीहरु लगायत सरोकारवालाहरुले अविर माला सहित विदाई गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयले शैल्यशिखर नगरपालिकामा लक्ष्मी प्रसाद खरेललाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?