दार्चुला । सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिको अधिवेशन तथा गौरा र रमाईलो तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनकराज जोशीको सभापतित्व तथा सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिका कोषाध्यक्ष बासुदेव जोशीको प्रमुख आतिथ्यता र सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय उत्तर भारत संयोजक केशबदत्त भट्टको विशिष्ट आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा कलाकारहरुको उपस्थितिमा गौरा र तीज विशेष कार्यक्रम रमाइलोको साथ सम्पन्न गर्नुका साथै अधिवेशन समेत सम्पन्न गरेको छ ।
अधिवेसनबाट भुपाल दत्त भट्टको अध्यक्षतामा २२ जनाको कार्यसमिति निर्बिरोध चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रतन राज रेग्मी, प्रथम उपाध्यक्षमा कमल शिहं बोहरा, द्वितिय उपाध्यक्षमा राम बहादुर सिँह र तृतीय उपाध्यक्षमा लोकेन्द्र खडका चयन भएका छन् । यस्तै सचिवमा राजेन्द्र ऐरी, सह सचिवमा काशीराम टमटा, कोषाध्यक्षमा शिब राज जोशी, सह कोषाध्यक्षमा लोकेन्द्र शिह बिष्ट र संयोजकमा मोहन सिंह बिष्ट चयन भएका छन् भने सदस्यहरुमा पदम राज जोशी, करन सिंह रोकाया, गोपाल दत्त जोशी, परमानन्द जोशी, अनिल सिंह धामी, प्रकाश खड्का, केशब उपाध्याय, दुर्गा दत्त जोशी, प्रेम सिंह कार्की, धनिल प्रकाश भट्ट चयन भएका छन् । जम्मु कश्मिर राज्य समिति संरक्षकमा जनकराज जोशी रहेका छन् भने सल्लाहकारमा हरि शंकर जोशी र गणेश दत्त भट्ट रहेका छन् ।
कार्यक्रममा प्रत्यक्ष सांगितिक प्रस्तुती समेत राखिएको थियो । जसमा चर्चित देउडा गायक तथा कलाकार सौगात ओझाले सांगितिक प्रस्तुती राखेर उपस्थित सहभागीहरुलाइ नचाएका थिए । कार्यक्रमको उद्घोषण राजेन्द्र ऐरीले गर्नुभएको थियो ।
गौराको रमझम सकिनै लाग्दा तीज पर्व नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू धमाधम भइरहेका छन् । जसअन्तर्गत सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिले पनि गौरा विशेष कार्यक्रम आयोजना गर्नुका साथै तीजलाई लक्षित गरि सम्पूर्ण नेपालीहरुलाई भेटघाटको अवसर जुटाएको सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिका कोषाध्यक्ष बासुदेव जोशीले बताउनुभयो। हरेक बर्ष कार्यक्रम गर्दै आइरहेकोमा यस बर्ष पनि सेप्टेम्बर १ तारिखमा कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । तीजलाई सुःख, शान्ति तथा समृद्धिको कामनासहित भव्य र सव्य ढंगले मनाउनुपर्ने उहाँको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया