दार्चुलाको पपरथालामा पहिरो खस्दा रुपाघडी सिंचाई  नहरमा क्षती

दुर्गादत्त मिश्र, दार्चुला । सोमवार (हिजो) रातीको अविरल वर्षासंगै पहिरो खस्दा  दार्चुलाको शैल्यशिखर नगरपालिका–८ पपरथालामा अवस्थित  रुपाघडी सिंचाई नहर भत्किएको छ ।

दुई वर्ष अगाडी मात्रै निर्माण गरिएको उक्त सिंचाई नहरको बन्तोलीबाटो नजिक पहिरो खस्दा ३५ मिटर नहर भत्किएको रुपाघडी सिंचाई नहरका उपभोक्ता समिती अध्यक्ष गोविन्द राज जोशीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सहयोगमा क्रमागत रुपमा निर्माण गरिएको उक्त  नहर भत्किदा पपरथाला र अम्तोली घट्टेबगड क्षेत्रका ६० परिवारलाई सिंचाई गर्न समस्या भएको छ । पहिरोले वस्तीमा निर्माण गरिएको शाखा नहरहरुमा समेत क्षती पुर्याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?