दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहको इलाका प्रहरी कार्यालय चिसापानी कैलाली सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय अन्र्तरगत प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले भाद्र १७ गते (सोमवार) दार्चुलामा कार्यरत इन्स्पेक्टर सिंह सहित देशभरीका ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।
दार्चुलामा इलाका प्रहरी कार्यालय लम्की कैलालीमा कार्यरत कान्तिराज जोशीलाइ इन्स्पेक्टरको रुपमा खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया