दुर्गादत्त मिश्र, दार्चुला । गौरा पर्व सकिएसंगै दार्चुलामा तिजको रौनक सुरु भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिज यसवर्ष भाद्र २१ गते परेको छ । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिएको र पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भएको भन्ने धार्मीक किम्बदन्ती अनुसार भगवान शिव जस्तै पति पाप्तीका लागि नारीहरुले तिजको कठोर उपासना गर्ने गरेका छन् ।
दार्चुलाको लेकम गाउँपालिकामा मंगलवार (हिजो) तिजको शुभकामना आदानप्रदान तथा विविद् सास्कृतिक कार्यक्रम गरिएको छ । मालिकार्जुनमा भाद्र १६ गते शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
यस्तै शैल्यशिखर नगरपालिकामा भाद्र २१ गते तिज विषेश कार्यक्रमको आयोजना गरिने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरु, संघ सस्था र विद्यालयहरुमा तिज विषेश कार्यक्रमहरु भइरहेका छन् । भाद्र २० गते (भोली) दर खादै तिजको सुभारम्भ हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया