शैल्यशिखर नगरपालिकाले गर्यो भलिबल प्रदेश टिम कप्तान धामीलाई नगदसहित सम्मान

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले भलिबलका सुदूरपश्चिम प्रदेश टिम कप्तान नवराज धामीलाई नगदसहित सम्मान गरेको छ ।

नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा नगरपालिकाकोतर्फबाट खेलाडी धामीलाई ५० हजार नगदसहित सम्मानित गरिएको हो । शैल्यशिखर नगरपालिकामा एक कार्यक्रमका बिच खेलाडी धामीलाई सम्मानित गरिएको नगरप्रमुख विजयसिंह धामीले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका घर भएका नवराज धामी अहिले भलिबल छात्रतर्फ सुदूरपश्चिम प्रदेशस्तरीय टिमको नेतृत्व गरिरहेका छन् । खेलाडी धामीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाको तर्फबाट नगदसहित सम्मानित गरिएको बताइएको छ ।

आफ्नो गृह नगरबाट यसरी सम्मानित हुन पाउदा खुसी लागेको खेलाडी धामीको भनाई छ ।

खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट प्रोत्साहन गर्ने र खेल क्षेत्रमा अगामी दिनमा लगानी बढाउने नगरप्रमुख धामीले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?