दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट ६ लाख ३३ हजार बराबरको भन्सार छलीको समान सहित प्रहरीले वोलेरो जिपलाई नियन्त्रणमा लिएको छ ।
शनिवार (हिजो) इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका–९ नकतड चेकपोष्ट क्षेत्रबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती सहित म १ ज २२० नम्बरको वोलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सवारी चेकजाँचको क्रममा उक्त सामान भेट्टिएको र चालक भने फरार भएको प्रहरीले बताएको छ । अहिले फरार रहेका चालकको खोजी कार्य भइरहेको र गाडी इलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको दार्चुला प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया