दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–७ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालय धापमा मावि तह (कक्षा ११–१२) मा अङ्ग्रेजी बिषयको शिक्षकको अभाव भएको भन्दै विद्यार्थीहरुले शिक्षकको मागसहित विद्यालयमा तालावन्दी गरेका छन् ।
विगत ६ महिनाबाट माध्यमिक तह ११–१२ मा अध्यापन गराउने शिक्षकको अभाव भएको भन्दै विद्यार्थीहरुले विद्यालयको प्रवेश गेट (मूल गेट) मै तालावन्दी गरेका हुन् । यस विषयमा विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीलाई बुझ्दा विद्यालयले शिक्षक पदपुर्तीको लागी विज्ञापन गरेको भएपनी विचमै विज्ञापन रद्ध गरिएको र हिजो मात्रै महाकाली नगरपालिकाले (कक्षा ११–१२) मा अध्यापन गराउन पुष्कर सिंह रैखोलालाई अर्को निर्णय नहुदासम्म विद्यालयमा खटाएको बताउनुभयो । नगरपालिकाले खटाएका शिक्षक अर्को विद्यालयमा पनी कार्यरत रहेको बताइएको छ ।
यस्तै मालिकार्जुन माध्यमिक विद्यालय धापमा शिक्षक नियुक्तिको लागि नगरपालिकाले पहल गरिरहेको र अहिले विद्यार्थीहरुसंग छलफल भइरहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले शिक्षकको व्यवस्था नगरेसम्म विद्यालयमा लगाएको तालावन्दी नखोल्ने र थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया