दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते हुनुभएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका ७ धामीगाडामा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
बिहीबार (आज) साढे १२ बजेको समयमा जीप अनियन्त्रित भइ नालीमा खस्दा जीपमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो ।
घाइते सबैको जिल्ला अस्पातल दार्चुलामा उपचार भइरहेको र परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया