दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा नगद ९३ हजार २ सय २० रुपैयाँ सहित जुवाखालबाट आठ जना जुवाडे प्रकाउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–४ नमूना टोलका गोविन्द धानुकको घरमा जुवा खेलिरहेको अवस्थामा नौगाड गाउँपालिका वडा नम्बर –१ का जनकसिंह ठेकरे, सागर सिंह ठगुन्ना, शेर सिंह महता, निरज धामी मार्मा गाउँपालिका वडा नम्बर–६ का बिक्रम सिंह धामीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै दुँहु गाउँपालिका वडा नम्बर –२ का दिपेन्द्र कार्की र पदम कार्की, तथा महाकाली नगरपालिका वडा नम्बर–४ का गोविन्द धानुक गरी आठ जनालाई ९३ हजार २ सय २० रुपैयाँ सहित आईतवार (हिजो) राती गोविन्द धानुककै घरमा जुवा खेलिरहेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
प्रकाउ परेका आठै जनामाथी कार्वाही अगाडी बढाइएको उहाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया