चाडपर्वहरुलाइ मध्यनजर गर्दै दार्चुलाको लेकममा  बजार अनुगमन सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चाडपर्वहरुलाइ मध्यनजर गर्दै बजार अनुगमन गर्न थालेको छ । चाडपर्वका बेला म्याद नागेका साम्रगीहरुको बिक्रिबितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको परीपत्र अनुसार मंगलवार (आज) बाट बजार अनुगमन सुरु गरिएको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो ।

आज वडा नम्बर २ कुणीका ३ र वडा नम्बर ४ रातामाटाका ३ पसल गरी ६ वटा पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष माधवी जोशीको सयोजकत्वमा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत, कृषि तथा उद्यम शाखा र प्रहरी चौकि रातामाटाको सयुक्त टोलीले आज ६ वटा पशलहरुमा अनुगमन गरेको छ ।

चाडपर्वका बेला म्याद नाघेका बस्तुहरुको बिक्रिबितरण नगर्न व्यापारीहरुलाई गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?