मालिकार्जुनमा सविधान दिवसको अवसरमा आयोजित भलिबल र डेउडा प्रतियोगिताको उद्धघाटन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सविधान दिवसको अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल तथा महिला डेउडा प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

शंकरपुर मावि पस्तीको खेल मैदानमा आज मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, पालिकाका विभिन्न शाखाका शाखागत कर्मचारीहरु, वडा नम्बर ८ का वडा अध्यक्ष केशर सिंह धामी, खेलप्रेमी लगायत सरोकारवालाहरुको उपस्थितिमा वडा स्तरीय पुरुष भलिबल तथा महिला डेउडा प्रतियोगिताको उद्धघाटन गरिएको मालिकार्जुन गाउँपालिकाका रोजगार सहायक राम सिंह धामीले जानकारी दिनुभयो ।

६ वटा टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा पहिलो खेल वडा नम्बर–२ र ४ को टिमबिच भइरहेको छ । यस्तै गाउँपालिकाले सविधान दिवसको अवसरमा असोज ३ गते (भोली) महिला डेउडा प्रतियोगिता, प्रभातफेरी लगायत विविद् सास्कृतिक कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?