दार्चुलाको मार्मामा नयाँ प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द जोशी हाजिर

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा धर्मेन्द्र जोशी सोमवार (हिजो) गाउँपालिकामा हाजिर हुनुभएको हो ।

भदौ २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिकामा जोशीलाइ प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । सोमवार (हिजो)  एक कार्यक्रमको आयोजना गरि अधिकृत जोशीलाइ  गाउँपालिकामा स्वागत गरिएको  मार्मा गाउँपालिकाका प्रवक्ता धिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

गत वर्ष मार्मामा खटाइएका प्रशासकीय अधिकृत रोशन अधिकारीले २०८० चैतमा गाउँपालिकाको भवनमा अगजनी गरेको अभियोग सहित जिल्ला अदालत दार्चुलामा मृद्धा दर्ता भएसंगै  मार्मा गाउँपालिका प्रशासकीय अधिकृत विहिन रहेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?