लेकम गाउँपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी अधिकृत अम्बादत्त जोशीलाई

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृत छैटौँ अम्बादत्त जोशीलाई दिइएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमध्ये सबैभन्दा बरिस्ठ कर्मचारी जोशीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी प्रशासन शाखाको असोज १३ गते (हिजो) पठाएको पत्र अनुसार कार्यालयमा कार्यरत अधिकृत छैटौँ हर्क बहादुर पाललाई गाउँपालिकाको प्रशासकीय जिम्मेवारी प्रदान गर्न लेखि आएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँको २०८० असार १८ गतेको पत्रअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुमध्ये बरिष्ठ कर्मचारीलाई अनिवार्य निमित्तको जिम्मेवारी दिने ब्यवस्था गर्न लेखि आएकाले मन्त्रालयले नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृत छैटौँ जोशीलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत केशबराज पार्धेले जानकारी दिनुभयो ।

लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको गृह मन्त्रालय सरूवा भएपछि लेकम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । सुवेदीको सरूवापछि आर्थिक प्रशासनिक कामकाज रोकिएकोमा बरिस्ठ कर्मचारी जोशीलाई प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म अथवा अर्को व्यवस्था नभएसम्म कार्यालयको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न भनिएको छ । गाउँपालिकालाई प्रमुख प्रशासकीयको जिम्मेवारी जोशीलाई दिएको परिपत्र मन्त्रालयले गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?