दार्चुला । सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम छिटो सकेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने योजना बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पत्रकार सम्मेलन गरेर ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गर्दै विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको ठाउँमा अस्थायी आवास बनाउन दिने सरकारको कार्ययोजना समेत बनाइएको उहाले बताउनुभयो ।
अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको सरकारले जनाएको छ । सरकारले खोज तथा उद्धारमा ३० हजार भन्दा धेरै परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण शुरु भइसकेको सरकारको भनाइ छ ।
विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि अनुगमन टोली खटाइएको सरकारले जनाएको छ । विभिन्न ठाउँमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया