दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
२०७९ सालमा चाँदनी नमस्कार जेवी प्रालीले सघिंय सरकारको ६ करोड र नगरपालिकाको ६ करोड गरि (भ्याट) सहित १२ करोड बजेटमा २०८१ सालभित्रै भवन निर्माणकार्य सक्ने गरि सम्झौता गरेको थियो ।
हाल भवनको अन्तिम (चौथौँ) तलाको ढलान कार्य भइरहेको र नयाँ वर्षमा नगरपालिकालाई भवन हस्तान्तरण गर्ने गरि धमाधम काम भइरहेको निर्माण कम्पनी चाँदनी नमस्कार जेवी प्रालीका निर्माण व्यवसायी सर्पराज बडूले जानकारी दिनुभयो ।
हालसम्म ५ करोड बराबरको काम सम्पन्न भएको भएपनी दुइ करोड ३२ लाख रुपैयाँ मात्रै भुक्तानी भएको समेत उहाले बताउनुभयो । थप रकम भुक्तानीको लागि आवश्यक समन्वय भइरहेको र निर्धारित समयभित्रै भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको व्यवसायी बडूले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकासंग आफनो भवन नहुदा हाल भाडामा लिइएको भवनबाट सेवा प्रवाह भईरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया