मालिकार्जुनको भौरकोटमा निर्माण सम्पन्न आधारभूत अस्पतालको  पुर्वमन्त्री ठगुन्नाले उद्घाटन गर्ने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा  वडा नम्बर –८ (भौरकोटमा) नवनिर्मित १० सैयाको आधारभूत अस्पतालको अशोज २२ गते (भोली) सविधान सभा सदस्य एंव पुर्वमन्त्री गणेश सिंह ठगुन्नाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२०७८ सालमा ७ करोड बजेटमा ब्रहडेप्लोवर्ष प्रालीले तीनवर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने गरि अस्पताल निर्माणकार्यको ठेक्का सम्झैता गरेको थियो । हाल अस्पतालको निर्माणकार्य सम्पन्न भएको र भोली भवनको उद्धघाटन गर्ने गरि आवश्यक तयारी पुरा भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो ।

अस्पताल सञ्चालनमा आएपछी दार्चुलाको मालिकार्जुनवासी लगायत विभिन्न क्षेत्रका स्थानीयहरुलाई उपचार गर्न सहजता हुने बताइएको छ ।

अस्पताल उद्धघाटन कार्यक्रममा गाउँपालिकावासीहरुलाई उपस्थितिको लागि समेत अपिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?