दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनको मंगलवार (आज) नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले उद्धघाटन गर्नुभएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) करिडोर कार्यालय डडेल्धुराको २ करोड ६५ लाख ११ हजार ९०३ बजेटमा २०८० भाद्र ७ गतेबाट निर्माणकार्य थालिएको भवनको निर्माण सम्पन्न भइ आज उद्धघाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले जानकारी दिनुभयो ।
भवन उद्धघाटन समारोहमा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट, रिड पोजेक्ट डडेल्धुराका कार्यालय प्रमुख डाक्टर उत्तम आर्चाय, वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी एंव सरोकारवालाको उपस्थिति रहेको थियो ।
कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएपछी एउटै कार्यालयबाट कृषि र पशुलाई एकिकृत रुपमा प्राविधिक सेवा दिईने नगरपालिकाले जनाएको छ ।
यसपछी आजै दिउँसो १२ बजे मालिकार्जुन गाउँपालिकाको नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया