दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर–६ खालीडाडाकी ५० वर्षीया मंगली धामीको मंगलवार (आज) बेलुकी ५ बजेतिर घर नजिकैको ढोलाए भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो । मृत्तक धामीका श्रीमान, पाँच छोरी र एक छोरा रहेका छन् ।
दार्चुलामा खर (घासँ) काट्ने क्रममा अकालमै धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।
आईतवार मात्रै शैल्यशिखर नगरपालिका–७ बोहरीगाँउ (आम्काठाकी) ६५ वर्षीया धौली देवी जोशीको भिरबाट लडेर ज्यान गएको थियो । दशैंको मुखमा दशा आइलागेको भन्दै मृतकका परिवार शोकमा डुबेका छन् ।

भिरबाट लडेर मंगलबार ज्यान गुमाएकी मंगली धामी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया