दार्चुलामा एक पुरुषद्वारा झुण्डीएर आत्माहत्या

दार्चुला । दार्चुलामा आफनै घरको सुत्ने कोठामा झुण्डीएको अवस्थामा एक जना मृत्त फेला परेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ७ खोल्सीका ४५ वर्षीय हरक सिंह बिष्ट बुधवार (आज) सुत्ने कोठामा झुण्डीएको अवस्थामा  मृत्त फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

मृत्तक बिष्ट हिजो जिल्ला सदरमुकाम खंलगा गएको र राती नौँ बजे घर पुगेर आफनो कोठामा सुत्न गएको तथा आज विहान घरको धुरीमा झुण्डीएको अवस्थामा  भेट्टिएको बताईएको छ ।

शवको पोष्टमाष्टमको लागि अहिले गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?