एमाले सुदूरपश्चिममा युवा संघ इन्चार्जको जिम्मेवारी खत्री र स्थानीय विकास प्रमुख धामीलाई

दार्चुला । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीका सदस्यहरुको जिम्मेवारी विनियोजन गरेको छ । भाद्र १० गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सम्पन्न चाथौँ बैठकले प्रदेश कमिटी सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअन्र्तरगत दार्चुलाका तीन जना नेताहरुले नयाँ जिम्मेवारी पाएका छन् ।

युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी उमेश सिंह खत्रीलाई दिइएको छ । यस्तै एमाले जिल्ला कमिटी दार्चुलाका निर्वतमान अध्यक्ष प्रेम सिंह धामीलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश कमिटी सदस्य कृष्ण सिंह धामीलाई मार्मा गाउँपालिका इन्चार्जको जिम्मेवारी दिइएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रशाद जैशीले जानकारी दिनुभयो ।

भाद्र १० गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदेश कमिटी अध्यक्ष कृष्ण जैशीको अध्यक्षता एंव केन्द्रिय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त नेताहरुलाई जिम्मेवारी दिएको हो ।

प्रदेश कमिटीका अनुसार नेताहरुको कार्यसम्पादनका आधारमा जिम्मेवारी दिईएको बताईएको छ । दार्चुलाका तीन जना नेतासहित प्रदेशभरी विभिन्न जिल्लाका नेताहरुले विभिन्न जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?