दार्चुला । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शुक्रवार (आज) एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।
भवन शिलान्यास, कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एंव अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका एमालेका नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो ।
२०७२ सालको भूकम्पपछि काठमाण्डौ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका नौँ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।अहिले च्यासलमा रहेको पार्टी कार्यालयमा हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरू गरिएको एमालेले जनाएको छ ।
उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया