दार्चुला । दार्चुलामा लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषधसहित दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल आइतबार पक्राउ परेका हुन्।
कलमसिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र डडालको विधानगर टोल स्थित घरबाट थप १०.४६ मिलिग्राम गरि कुल ६३.८६ ग्राम लागुऔषधसहित डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया