दशैंमा बन्द भएका कार्यालय आजदेखि खुले

दार्चुला । दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दार्चुला सदरमुकाम खलंगादेखि अधिकासं बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । दशैँमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाण्डौँमा भिडभाड बढ्न लागेको छ ।

सहर बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि बजारक्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।

कर्मचारीहरु कार्यक्षेत्र फर्किन थालेकोले सडकमा समेत यातायातको चाप बढ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?