नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको दुई दिने विस्तारित बैठक सुरु

दार्चुला । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको विस्तारित बैठक जिल्ला सदरमुकाम खलंगामा सुरू भएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक पदम राज पन्तको अध्यक्षतामा सुरू भएको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता रहेको छ। यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, वैकल्पिक केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता एवम् पूर्व मन्त्री मानबहादुर धामी, वैककल्पिक केन्द्रीय सदस्य एवम् मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायतको आतिथ्यता रहेको कार्यालय सचिव जिवन लोथ्यालले जानकारी दिनुभयो ।

विस्तारित बैठकमा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका संविधान सभा सदस्य लक्ष्मण दत्त जोशीलाई सम्मान एवम् स्वागत गरिएको छ । बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य जबस मोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजकहरुको उपस्थिति रहेको छ।

बैठकमा छलफलका लागि जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशीले एजेन्डा प्रस्तुत गर्नुभएको छ भने अहिले विभिन्न पालिकाहरुको रिपोर्टिङ राख्ने क्रम चलिरहेको छ।

दुई दिने विस्तारित बैठक भोलि असोज ३० गतेसम्म चल्ने जिल्ला संयोजक पदम राज पन्तले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?