जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया सहायक बागेश्वर प्रशाद मिश्रको विदाई

दुर्गादत्त मिश्र, दार्चुला । निक साइमन इन्स्टिच्युट (एनएसआइ) बाट २०७५ माघ २७ गतेबाट जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रशाद मिश्र (विपिन) को मंगलवार (हिजो) जिल्ला अस्पताल दार्चुलाले बिदाई गरेको छ ।

एनएसआइले दुई वर्षको लागि दार्चुला खटाएका असिस्टेन्ट मिश्रको समय यसअघिनै सकिएको भएपनी उत्कृष्ट कार्यसम्पादन गरेकाले साढे पाँच वर्ष बढी जिल्लामै खटाइएको थियो । हाल उहाको समय सकिएको छ ।

२०७६ सालमा देशब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणकालमा जिल्लामा तीन–तीन वटा भेन्टिलेटर, आइसियु सञ्चालन गरि १५ जनालाई जिवन दान दिनुका साथै बिरामी जाचँ, जटिल खालका शल्यक्रिया,लगायतका स्वास्थ्य सेवामा खटिएर काम गरेका मिश्रलाई स्वास्थ्य कार्यालय दार्चुलाले दुइ पटक र जिल्ला अस्पताल दार्चुलाले एक पटक सम्मान समेत प्रदान गरेको थियो ।

नेपालगञ्जको भेरी अस्पतालबाट स्वास्थ्य सेवा दिन सुरु गरेका मिश्रले विर अस्पतालबाट छात्रबृतिमा अध्ययन सकेलगत्तै दार्चुला आएका थिए । जिल्ला अस्पतालमा कार्यरत रहदा बिरामीहरुप्रति देखाएको अपनत्व तथा सहयोगी भावनाको उच्च कदर गर्दै बाकीँ जिवन शुखमय र सेवामुलक रहोस भन्दै हिजो विदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

एनेस्थेसिया मिश्र महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा भोलीबाट हाजिर हुने बताइएको छ । छोटो समयमा महत्वर्पुण एंव सक्रमणकालमा दार्चुलेली जनतालाई सेवा दिएका मिश्रलाई स्वास्थ्यकर्मी,विभिन्न पेशाकर्मी  लगायत दार्चुलावासीले  बधाइ एंव शुभकामना दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?