दार्चुलाको जगतपुरी धाममा २० दिने कोटिहोम यज्ञ सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–९ मा अवस्थित ऐतिहासिक जगतपुरी शिवधाम गोकुलेश्वरमा २० दिने कोटिहोम महायज्ञ आजबाट सुरु भएको छ ।

राष्ट्र शान्ती, क्षेत्र शान्ती तथा कोरोना भाइरसको सक्रमणबाट दिवगत भएका १२ हजार ३२ जना नेपालीहरुको आत्मा शान्तीको उद्धेश्यसहित आजबाट महायज्ञ सुभारम्भ भएको कोटि होमका अध्यक्ष हर्क बहादुर चन्दले जानकारी दिनुभयो ।

कोटिहोममा पाँच क्वीन्टल आठ केजीको त्रिसूल र शिंव लिङ्ग स्थापना गरिने बताइएको छ । यस्तै महायज्ञमा पन्च महापुराण वाचन, चर्मण्वती नदिमा दुध धारा, दिप प्रज्वलन पाँच सय आठ कन्या पूजा गरिने समेत  अध्यक्ष चन्दले बताउनुभयो ।

महायज्ञमा सास्त्रीय संयोजक एंव राष्ट्रिय पण्डित ब्यासाचार्य खेमराज ओझाले प्रवचन दिने बताइएको छ । महायज्ञ कार्तिक २० गते समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?