दार्चुलाको नौगाडमा भिरबाट लडेर एक जनाको मृत्यु

दुर्गादत्त मिश्र,  दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर–५ सिप्टीका ५६ वर्षीय अकबिर सिंह धामीको बिहिवार (हिजो) बेलुकी ६ बजेतिर भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृत्तक धामी स्थानीय बजारबाट रक्सी सेवन गरि घर फर्किएको स्थानीयवासीले जानकारी गराएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले बताउनुभयो ।

धामी  भिरबाट लडेर ३०० मिटर तल रुडीखेत खोलामा आज मृत्त अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?