दार्चुला । आज देशका पहाडी भू–भागका केहि ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख गरिएको छ । आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।
केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ । यस वर्षको मनसुन नेपालबाट गइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया