दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा कार्तिक ४ गते (भोली) बाट सामाजिक सुरक्षा भत्ता वितरण शिविर सुरू हुने भएको छ । लेकम गाउँपालिकाको वडा नम्बर ५ मा बैंकबाटै र बाकी पाँच वटा वडाहरूमा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने बताईएको छ ।
चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने सामाजिक सुरक्षा भत्ताा पाप्त गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने नागरिकहरुलाई वडाहरुमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
जसअन्तरगत भोली वडा नम्बर ३ को कार्यालय लालीमा शिविर सञ्चालन हुनेछ । यस्तै वडा नम्बर १ का लाभग्राहीहरुलाई कार्तिक ८ गते सर्मोलीमा, वडा नम्बर २ का लाभग्राहीहरुलाई कार्तिक ६ गते वडा कार्यालय कुणीमा सेवा दिइनेछ ।
वडा नम्बर ४ का लाभग्राहीहरुलाई कार्तिक ५ गते र वडा नम्बर ६ का लाभग्राहीहरुलाई कार्तिक ७ गते वडा कार्यालयहरुमा शिविरका माध्यमबाट सेवा दिईने लेकम गाउँपालिकाका एम आई एस अपरेटर प्रकाशराज बिष्टले जानकारी दिनुभयो । वडा नम्बर ५ को हकमा लक्ष्मी सनराईज शाखा बैंक नजिकै भएकाले ५ नम्बर वडामा शिविर सञ्चालन नहुने र बैंकबाटै भत्ता वितरण गरिने अपरेटर बिष्टले बताउनुभयो ।
वडा कार्यालयहरुमै सेवा दिईने भएकाले ज्येष्ठ नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र, वालवालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र, अपाङ्गको हकमा अपाङ्गता परिचय पत्र, विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र र लक्ष्मी सनराईज बैंकले उपलब्ध गराएको चेकबुक सहित सम्बन्धित वडा कार्यालयहरुमा उपस्थित भई सेवा लिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया