दुर्गादत्त मिश्र, दार्चुला । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरको नागरिक सुनवाई तथा अन्र्तरकृया कार्यक्रम शनिवार (हिजो) सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालको अध्यक्षता रहेको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यतामा रहेको थियो ।
यस्तै कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी, ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरी, प्रहरी कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, स्थानीय, बुद्धिजिवी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
नागरिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी) प्रकाश दाहालले स्थानीयको शान्ति सुरक्षामा कुनै कसुर बाकीँ नराखी काम गर्न निर्देशन दिनुभएको छ । प्रहरीले नागरिकका समस्या एंव सुशासन प्रवद्धन, लागूऔषद नियन्त्रण, रोकथाम र थप जनमैत्री कामहरु गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथी एंव शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले जोड दिनुभएको छ ।
कार्यक्रममा सहभागी बक्ताहरुले जिल्लामा घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने, लागुअैषद नियन्त्रण, रोकथाम, र प्रहरीप्रतिको गुनासो अन्त हुने गरि काम गर्नुपर्नेमा जोड दिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया